तिहार अघि नै १० राजदूत नियुक्ति गर्ने तयारी, को को बन्दैछन् राजदुत ?

तिहार अघि नै १० राजदूत नियुक्ति गर्ने तयारी, को को बन्दैछन् राजदुत ?

  • सोमवार, कार्तिक ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाडौं, ५ कार्तिक । सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियूक्ति प्रक्रिया अघि बढाएको छ ।

लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियूक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘नियूक्तिका लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार पार्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी क्याबिनेटमा प्रस्ताव लैजान्छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्ति हुनेछ ।’

हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदुत छैनन् । यूएईमा अढाई बर्षदेखि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जन बस्नेतको पदावधी सकिएको छ ।

भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्ययले प्रतिनिधिसभा सदस्य चुनाव लड्न अघिल्लो असोजमा राजीनामा दिएका थिए ।

राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत बर्ष साउनमै सकिएको थियो । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ