नारायणगढ–मुग्लिन सडक भासियो, यसो भन्छन् इन्जिनियर

नारायणगढ–मुग्लिन सडक भासियो, यसो भन्छन् इन्जिनियर

  • सोमवार, कार्तिक ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES
Budget constraint behind delay in completing Tripureshwor-Nagdhunga project

चितवन, ५ कार्तिक । नारायणगढ–मुग्लिन सडक फराकिलो बने लगत्तै सुरु भएको भासिने समस्या थपिंदै गएको छ ।

सडक फराकिलो बनाउन भतेरीमा पर्खाल लगाएर जमिन पुरेको ठाउँमा चिरा परेलगत्तै १७ किलोमा पनि सडक भासिएको थियो ।

फेरि भालुढुंगामा १७ किलोको जस्तै समस्या देखा परेको छ । भतेरी बाहेक अरु ठाउँको समस्या नयाँ नभएर पुरानो निर्माणका कारण आएको अधिकारीहरु बताउँछन् ।

‘अहिले नारायणगढ–मुग्लिन सडकको भतेरी, १७ किलो र भालु ढुंगा भन्ने ठाउँमा भासिएको छ । तीन ठाउँमा सडक भासिए पनि भतेरीको समस्या अलग हो । अन्य दुई ठाउँको समस्या अलग हो’, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।

१७ किलो र भालुढुंगामा एक एङरीमा समस्या आएका कारण सडक भासिएको खनालले बताए । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ