एएफसी यु–१९ महिला टोलीको बिदाइ

एएफसी यु–१९ महिला टोलीको बिदाइ

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, ४ कात्तिक।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । 

यही कात्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको चोनबुरी रङ्गशालामा हुने उक्त छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

गत असोजमा भूटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल यसपटक शीर्ष स्थान हासिल गर्ने लक्ष्यका साथ सोमबार थाइल्याण्ड जान लागेको हो । छनोट खेलमा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्डसहित भारत र पाकिस्तान छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ ।

कात्तिक ९ गते हुने दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ भने छनोटको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा विभिन्न छ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने प्रत्येकका समूहबाट उत्कृष्ट हुने दुई उपविजेताले पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

नेपाली टोलीमा गोलरक्षक अञ्जना रानामगर, उषा नाथ र रविता राई छन् भने डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर रहेका छन् ।

त्यसैगरी मिडफिल्डरमा सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी तथा सम्झना लावती छन् । फरवार्डमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा छन् ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी