दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद पछि कृष्णनगरमा कर्फ्यू

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद पछि कृष्णनगरमा कर्फ्यू

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कपिलवस्तुको कृष्णनगरमा नवदुर्गा पूजाको मूर्ति विर्सजनका क्रममा विवाद उत्पन्न भएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा बाटोमा विवाद सिर्जना भएको थियो ।

 

शनिबारदेखि सुरु भएको विवाद आइतबार दिनभर कायम रह्यो । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर  क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फ्यू लगाएको जानकारी दिए ।

प्रशासनले कार्तिक ४ गते साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।

कर्फ्यूको समयमा कसैलाई पनि घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम  आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

कृष्णनगरबासीका अनुसार मूर्तिविसर्जन गर्न लैजाने क्रममा भिडियो खिच्दै गरेका केही मुस्लिम समुदायका युवा र भिडियो खिच्न रोक्न खोज्ने हिन्दु समुदायका युवाहरु बीच विवाद उत्पन्न भएको थियो । मुस्लिम समुदायका स्थानीय युवाले मूर्तिविसर्जनका बेला भइरहेको जात्रा र नाचको भिडियो खिचिरहेका थिए।

कृष्णनगरमा अवस्थित नैमिया मस्जिद अगाडी ती मुस्लिम युवाले दुर्गा मूर्तीको भिडियो बनाएका खिचेका थिए । सोही भिडियो खिच्दै गरेको अवस्थामा हिन्दु समुदायका केही युवाले भिडियो नलिन आग्रह गरेका थिए । आग्रहलाई मुस्लिम समुदायका युवाले नमानेको भन्दै हिन्दु समुदायका युवा आक्रमणमा उत्रेपछि विवादले उग्ररुप लिएको बताइएको छ । पछि दुर्गा विसर्जन गर्न हिडेकामाथि मुस्लिम समुदायका केही युवाले ढुङ्गा प्रहार गर्न थालेपछि शनिबार दोहोरो ढुङ्गा हानाहान भएको थियो ।

मूर्तिविसर्जनका क्रममा भएको विवाद दुवै पक्षका युवाको कमजोरीमा भएको कृष्णनगरका समाजसेवी कृष्णकुमार गुप्ताले बताए । भिडियो खिच्ने र भिडियो नखिच्न आग्रह गर्ने दुवै पक्षका युवालाई पक्राउ गरी वातावरणलाई शान्त पार्न प्रहरीलाई पटक–पटक आग्रह गरेपनि प्रहरीले कुनै चासो नलिएको गुप्ताले गुनासो गरे ।

‘दुवै पक्षको कमजोरी भएकै हो त्यो स्थानीय प्रशासनले समयमै बुज्न सकेन’ गुप्ताले भने, ‘सामान्य विवादले धार्मिक रुपमा मन्तभिन्नता बढायो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ