जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वालिङ, ४ कात्तिक ।

स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी