राजधानीमै नक्कली पैसा छाप्ने कारखाना ! पाँच पक्राउ, तीन लाख ७० हजार बरामद

राजधानीमै नक्कली पैसा छाप्ने कारखाना ! पाँच पक्राउ, तीन लाख ७० हजार बरामद

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

राजधानी काठमाडौंमै नक्कली पैसा छाप्ने कारखाना रहेको सार्वजनिक भएको छ। प्रहरीले नक्कली पैसाको कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

 

काठमाडौं प्रहरीले कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँमा रहेको कृष्णबहादुर क्षेत्रीको घरका दुईवटा कोठामा सञ्चालन भएको नक्कली पैसा छाप्ने काराखानामा छापा मारेपछि यो रहस्य सार्वजनिक भएको हो।

नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले क्षेत्रीको घरको पाँचौ तलाका दुई कोठा भाडामा लिएका थिए। भाडाका कोठामा मेसिन राखेर नक्कली पैसा छाप्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

सँगै प्रहरीले क्षेत्रीको घरबाट तीन लाख ७० हजार नक्कली रुपैयाँ, एकथान ब्रदर कम्पनी पैसा छाप्ने मेसिन,  २ थान मसिन बट्टा, पैसा छाप्ने पेपर र रबर स्ट्याम बरामद गरेको काठमाडौंका प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए।

अन्न पूर्ण पोस्ट बाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ