दुबै छोराको हत्या गरेर आफुले आत्महत्या गरे बाराका सुरेन्द्र चमारले

दुबै छोराको हत्या गरेर आफुले आत्महत्या गरे बाराका सुरेन्द्र चमारले

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ औराह टोलीका सुरेन्द्रराम चमारले आफ्नै २ छोराको हत्या गरी आत्महत्या गरेका छन् । घरमा कोहि नभएको बेला चमारले आज बिहान ५ बर्षका सोबिन र ३ बर्षका बिपिन राम चमारको हत्या गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबास हमालले जानकारी दिनुभयो ।

उनले दुबै छोरालाई घाँटीमा डोरीले बेरेर हत्या गरेको प्रहरीले जनाएको छ । छोराको हत्यापछि उनले पनि पासो लगाई आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । घरमा रहेकी आमा बाहिर निस्किएको मौका छोपी उनले दुबै छोराको हत्या गरेका थिए ।

चमारकी श्रीमती उनलाई छोडेर छुट्टै बस्दै आएकी थिईन् । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि नारायणी उप क्षेत्रीय अस्पाताल बिरगञ्ज लैजाने तयारी भईरहेको प्रहरी निरिक्षक हमालले बताउनुभयो । चमारले यसअघि आफ्नै आमालाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी