कांग्रेसको वडा समिति ३१ देखि ४१ सदस्यीय रहने सिफारिस

कांग्रेसको वडा समिति ३१ देखि ४१ सदस्यीय रहने सिफारिस

  • शनिबार, कार्तिक ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

नेपाली कांग्रेसको विधान मस्यौदा गर्न गठित समितिले वडा स्तरीय कार्यसमितिमा रहने सदस्यको संख्या टुङ्ग्याएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको समितिको बैठकले महानगरपालिकाको वडा कार्यसमिति ४१ सदस्यीय, उपमहानगरको ४०, गाउँपालिकाको ३१ सदस्यीय रहने प्रावधान समेटेको हो ।

यस्तै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रतिनिधि भने गाउँपालिकाको वडाबाट १५, नगरपालिकाबाट १६, उपमहानगरबाट १७ र महानगरपालिकाको वडाबाट १८ जना चयन हुने समिति सदस्य दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि क्रियाशील सदस्य मात्र मतदाता रहेन प्रावधान विधानको मस्यौदामा उल्लेख गरेको बडुले बताउनुभयो ।

यस्तै पार्टीको यसअघिको विधान एकात्मक प्रणालीको भएकाले अब संघीय संरचना अनुसारको बनाउनुपर्ने भएकाले मस्यौदा बनाउन समय लागेको समिति सदस्य बडुले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको काम कर्तब्य र अधिकारको विषयमा पनि छलफल भइरहेकाले अबको केही दिनमा टुङ्ग्याउने उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ