मर्मत गर्दा मारुति भ्यानमा आगो लागेपछि…..

मर्मत गर्दा मारुति भ्यानमा आगो लागेपछि…..

  • शनिबार, कार्तिक ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

इलाम । इलामको सूर्योदय नगरपालिका ८ स्थित एक ग्यारेजमा गाडि मर्मत गर्ने क्रममा आगो लाग्दा एक मारुति भेन पुरै जलेको छ ।
रोहित नेपालले संचालनमा ल्याएको गाडि ग्यारेजमा मर्मतका लागि ल्याएको मे १ ज २३०८ नम्बरको मारुती भेन जलेर नष्ट भएको हो ।
सूर्योदय नगरपालिका ४ निबासी डम्बर घलेको सो गाडि वेल्डिङ्ग गर्ने क्रममा अचानक आगो लाग्दा जलेर नष्ट भएको प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताउनुभयो । गाडिको चक्का छेउको भागमा मर्मत गर्दै गर्दा अचानक आगो लाग्दा गाडि पुर्ण रुपमा क्षति पुगेको छ । आज दिउँसो एक बजेर ४५ मिनेटमा जाँदा गाडिमा लागेको आगो स्थानीयबासी, प्रहरी, शसस्त्र प्रहरी र सूर्योदय नगरपालिकाको दमकलले आधा घण्टामा नियन्त्रणमा लिएपनि गाडिमा पेट्रोल धेरै भएका कारण पूर्णरुपमा क्षति पुगेको हो ।
आगोबाट गाडि मर्मत गर्दै आएका छोटु भनिने ग्यारेजका एक कामदार घाइते भएको प्रहरीले जनाएको छ । घाईते कामदारको फिक्कल अस्पतालममा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ