घुम्दा-घुम्दै यायावर
विछोडिएको पुरानो ठाउँ पुगेछ !
उड्दा-उड्दै चरी
डालीमा रोइरहेको उहि गुँढमा पुगेछ !
गुड्दा-गुड्दै छुटेको गाडी
एक्लै टोलाइरहेको उदास ग्यारेजमा पुगेछ !
र हिँड्दा-हिँड्दै म पनि
सम्झना ओछ्याइरहेको एक्लो खण्डहरमा पुगेछु !
……………..
सिकुवामा बसेर
पर्खिरहेकी एउटी बृध्दा महिलाले भन्नुभयो
‘बाबू, यो हाम्रो घर हो !’
तिर्खाएको स्वरमा मैले भने –
‘हो आमा, म घर फर्की आएँ !’
आमाका सहस्र खुसीहरू जमिनभरि पोखिए
र रून्चे स्वरमा भन्नुभयो
‘तँ आइस् र त हाम्रो घरमा नि दशैँ आयो !’
……………..
सायद,
देह गुनाको फर्सी भनेझैँ
राता हुन् या सेता
टाँसिएका अक्षता र जमरा त
भेटघाटका फगत् दसी-प्रमाणहरू हुन् !
दशैँ भन्नु नै,
विछोडिएका मनहरूको पुनर्मिलन पो रहेछ !
***********
२०७५ असोज ०२
प्रथा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline