दशैँ

दशैँ

  • शनिबार, कार्तिक ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

घुम्दा-घुम्दै यायावर
विछोडिएको पुरानो ठाउँ पुगेछ !
उड्दा-उड्दै चरी
डालीमा रोइरहेको उहि गुँढमा पुगेछ !
गुड्दा-गुड्दै छुटेको गाडी
एक्लै टोलाइरहेको उदास ग्यारेजमा पुगेछ !
र हिँड्दा-हिँड्दै म पनि
सम्झना ओछ्याइरहेको एक्लो खण्डहरमा पुगेछु !
……………..

सिकुवामा बसेर
पर्खिरहेकी एउटी बृध्दा महिलाले भन्नुभयो
‘बाबू, यो हाम्रो घर हो !’
तिर्खाएको स्वरमा मैले भने –
‘हो आमा, म घर फर्की आएँ !’
आमाका सहस्र खुसीहरू जमिनभरि पोखिए
र रून्चे स्वरमा भन्नुभयो
‘तँ आइस् र त हाम्रो घरमा नि दशैँ आयो !’
……………..

सायद,
देह गुनाको फर्सी भनेझैँ
राता हुन् या सेता
टाँसिएका अक्षता र जमरा त
भेटघाटका फगत् दसी-प्रमाणहरू हुन् !
दशैँ भन्नु नै,
विछोडिएका मनहरूको पुनर्मिलन पो रहेछ !

***********
२०७५ असोज ०२
प्रथा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी