दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

  • बुधबार, अशोज ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

चितवन, ३१ असोज । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा१झ ५६५ नंको ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालक रहेका छन् । सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृतकहरु भ्यान र ट्याङ्कर कुनमा सवारी गरेकोे हो भन्ने पहिचान हुन सकेको छैन । दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ