काठमाण्डौ । स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । एथ्लेटिको म्याड्रिडले काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–१४ मा रहेको वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने इच्छा देखाएको हो ।
बीबी ट्रष्ट र एथ्लेटिको म्याड्रिडबीच आगामी शुक्रबार काठमाडौंमा सहयोग सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । ट्रष्टमार्फत वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग पुग्ने गरी हस्ताक्षर गरिने र दुवै क्लबको लोगो अंकित जर्सी समेत सार्वजनिक गरिनेछ ।
बीबी ट्रष्टलाई गैर आवासिय नेपाली संघ, एनआरएनएका अध्यक्ष भवन भट्टले संचालन गर्दै आएका छन् । ड्ड म्यानचेष्टर सिटिका कप्तान भिन्सेन्ट कोम्पनीले क्लबसंग नयाँ अनुबन्धको तयारीमा रहेको बताएका छन् ।
कोम्पनीले इथिहाड रंगशालामा क्लबसंग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताएका खेल समाचार पोर्टल स्पोर्टस् मेलले लेखेको छ । ३२ वर्षीय बेल्जियन सेन्टर ब्याक कोम्पनीले सन् २००८ देखि सिटिका लागि खेल्दै आएका छन् । सिटिका लागि सबैखाले प्रतियोगितामा कोम्पनीले ३ सय ५० खेल खेलिसकेका छन् ।
सिजनको अन्त्यसँगै सम्झौता सकिएपछि कोम्पनीले नयाँ सम्झौताका लागि तयारीमा रहेको बताएका छन् । सिटिमा आफु निकै सन्तुष्ट रहेको बताएका कोम्पनीका लागि नयाँ सम्झौता गर्ने तयारीमा रहेको सिटिले संकेत दिएको समाचारमा उल्लेख छ । ड्ड फूटबलका दुई महारथी अर्जेन्टिना र ब्राजिलबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । खेल नेपाली समय अनुसार राती पौने १२ बजे साउदी अरेवियाको किंग अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । दुवै टिम विश्वकप छनोट चरणको तयारी अगाडी मैत्रीपुर्ण खेलमा उत्रन लागेका हुन् । ब्राजिल टिममा यसपटक स्टार खेलाडिहरु नेइमार, फिलिप कोउटिन्हो, रोबेर्टो फिरमिन्हो पनि रहेका छन् ।
तर रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाट बाहिरीएको अर्जेन्टिनी टिममा भने स्टार खेलाडि लियोनल मेसी हुने छैनन् । गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले साउदी अरेवियालाई २–० हराएको थियो ।
विश्वकपका प्रशिक्षक जोर्ज साम्पोलीको स्थानमा टिम सम्हालिरहेका लियोनल स्कालोनीका लागि ब्राजिल विरुद्धको खेल एउटा परीक्षा हुने विश्लेषण गरिएको छ ।