कमिसन खाएर बूढीगण्डकी गेजुवालाई दिएको बाबुराम भट्टराईको आरोप

कमिसन खाएर बूढीगण्डकी गेजुवालाई दिएको बाबुराम भट्टराईको आरोप

  • सोमवार, अशोज २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले नै कमिसन खाएर बूढीगण्डकी चाइना गेजुवालाई दिएको आरोप लगाएका छन्।

सोमबार गोरखा सदरमुकाममा नयाँ शक्ति गोरखाले आयोजना गरेको कार्यक्रममा भट्टराईले वर्तमान सरकारले कमिसन खाएर कालो सूचीमा रहेको निजी कम्पनी चाइना गेजुवालाई बूढीगण्डकी निर्माण गर्न दिएको भन्दै सरकारको विरोध गरे।

‘राज्यले नै कमिसन खाएर बूढीगण्डकी ब्ल्याक लिष्टेड निजी कम्पनीलाई दियो’, भट्टराईले भने, ‘बूढीगण्डकी आयोजना भकुण्डोजस्तो बनाइयो। एउटा सरकारले निजीलाई दिन्छ अर्कोले खोस्छ।’ नेपालीहरूकै लगानीमा बनाए मात्रै बूढीगण्डकी निर्माण गर्न सकिने उनको भनाइ छ।

संघीयता कार्यान्वयन, जनताको शान्ति सुरक्षाका क्षेत्रमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलजस्तै भएको उनले बताए। ‘सरकारले शिक्षा, स्वास्थ्यका क्षेत्र पनि आसेपासेलाई कमाउने क्षेत्रका रुपमा दिएको छ’, उनले भने, ‘लोकतन्त्रमा जनताले विकल्प खोज्छन्। चुनावबाट अस्वीकृत वामदेव गौतम उपचुनाव लड्छु भन्नु कुबुद्धि हो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ