एसिया छनोट ‘बी’ को च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता कप्तान खड्का भन्छन् , ’टी–२० विश्वकप अबको लक्ष्य हो’

एसिया छनोट ‘बी’ को च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता कप्तान खड्का भन्छन् , ’टी–२० विश्वकप अबको लक्ष्य हो’

  • शनिबार, अशोज २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

२७ असोज, काठमाडौं ।

आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन भएको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

सो क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पारस खड्काले नेपालको लक्ष्य टी–२० विश्वकप भएको बताएका छन् ।

त्यसका लागि पहिलो खुड्किलो पार गरेका भन्दै खड्काले भने आश छ, बाँकी दुई खुड्किलो पनि पार गर्नेछौं ।

अब नेपालले एसिया फाइनल खेल्नेछ । फाईनलमा एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपाल, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । एसिया छनोटका शीर्ष दुई टोलीले टी–२० विश्वकप छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा अघिल्लो पटक टी–२० विश्वकप खेलेका ६ र क्षेत्रीय छनोटबाट आएका ८ गरी १४ देशबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष ६ टिमले टी–२० विश्वकपमा स्थान बनाउनेछन् । टी–२० विश्वकप भने सन् २०२० मा हुनेछ ।

एसिया छनोट ‘बी’ तुलानात्मक रुपमा कमजोर टिमहरु भएकाले नेपालको जित अपेक्षित भएपनि टी–२० क्रिकेटमा कुनै पनि बेला अनपेक्षित रिजल्ट आउन सक्ने तर्फ खेलप्रमि र स्वयम खेलाडिहरु नै चिन्तित छन् ।

कप्तान खड्काले यसअघि राम्रो प्रदर्शन गरिएपनि अबको चरण सजिलो नहुने तर्क गरे । अब नेपालले राम्रो तयारी गर्नु पर्ने र त्यसका लागि नेपालको प्रशिक्षण शैलीमै परिर्वतन आवश्यक रहेको उनले बताए ।

उनले भने ‘नेपालको प्रदर्शन एक ठाउँमा अड्एिको छ । शायद हामीले ट्रेनिङ मेथड र कोचिङ स्टाफमा स्तारोन्नति गर्नुपर्छ, ब्याटिङ, बलिङ र फिल्डिङ कन्सलट्यान्टलाई चाँडो ल्याउनु पर्ने र ‘यो नगर्ने हो भने गाह्रो छ ।’

नेपालले अहिले प्रतियोगिताको दुई साता अघि कहिले ब्याटिङ त कहिले बलिङ कोच ल्याउने गरेको छ । तर, समयका कारण उनीहरुको प्रभावकारी देखिएका छैनन् । कम्तिमा २र३ महिनाका लागि कन्सलट्यान्ट ल्याउनु पर्ने नेपाली टोलीको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ