हनुमन्ते सफाइ अभियानमा तीन टन फोहोर सङ्कलन

हनुमन्ते सफाइ अभियानमा तीन टन फोहोर सङ्कलन

  • शनिबार, अशोज २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

भक्तपुर, २७ अजोज ।

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ ।
अभियानका संयोजक एवं सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको सहभागीतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१६ टन फोहर सङ्कलन भएको जानकारी दिँदै उहाँले भक्तपुरको सूर्य्विनायक र भक्तपुर नगरपालिका जोड्ने राधेराधे क्षेत्रको हनुमन्ते पुलमुनि र त्यस आसपास क्षेत्रमा सरसरफाइ गरिएको बताउनुभयो ।

सूर्य्विनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा आज १३ विभिन्न सङ्घसंस्था र २७६ जना अभियन्ताको सहभागिता रहेको थियो ।

अभियानका क्रममा अभियानका संयोजक एवं सूर्य्विनायक नगरपालिकाका प्रमुख थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको बताउनुभयो ।

सफाई सुरु हुनु अघि हनुमन्ते सफाइ अभियानका अभियन्ता एवं नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सफाइ अभियान शुरु हुनुभन्दा अघि आज सफाइ अभियन्ताहरूले उहाँको तस्वीरमा माल्र्यापण एवं पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सूर्य्विनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका अभियन्ताले बोगटीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियोे ।

कार्यक्रममा नगरप्रमुख थापाले हनुमन्ते सफाइ अभियान शुरु भएको दिनदेखि नियमित रूपमा सफाइ अभियानमा सहभागी हुनुभएका र सामाजिक कार्यमा समेत क्रियाशील हुनुभएको कलाकार बोगटीको आकस्मिक निधनले अपूरणीय क्षति पु¥याएको बताउनुभयो ।

गत २३ गते मध्यपुरथिमि नगरपालिका–१ जडिबुटी एवं टीकाथलीको सङ्गमस्थलमा रहेको हनुमन्ते खोला किनाराको वरपिपलको रुख काट्ने क्रममा रुख ढलेर ट्रान्सफर्मरसहितको पोल ढलेर किच्दा बोगटीको निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ