आगलागी पीडितलाई छिमेकीले बनाई दिए नयाँ घर

आगलागी पीडितलाई छिमेकीले बनाई दिए नयाँ घर

  • शनिबार, अशोज २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

पर्वत, २७ असोज।

 आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आउनुभएका उहाँका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आउनुभएकी दीपा रानाले गोठ निर्माणमा गरिदिनुभएको हो ।

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घर र गोठ जलेपछि उहाँ आफन्तको शरणमा बस्दै आउनुभएको थियो । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाउनुभएका अधिकारीलाई गाउँले गुरुङले रु तीन लाख खर्च गरेर सो घर निर्माण गरिदिनुभएको हो । सामाजिक सञ्जालमार्फत् महाशिला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गर्नुभएको थियो ।

निम्न आर्थिक अवस्था भएका खरिलाल नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल हुनुहुन्छ । “यतिधेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन्” नयाँ घर हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “आज मैले नसोचेको बास पाएको छु ।” उहाँलाई बिहीबार महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले सो घर हस्तान्तरण गर्नुभएको थियो । छिमेकीको शरणमा बस्दै आएका खरिलालको परिवार नयाँ बिहीबारदेखि नयाँ घरमा बस्न थालेका छन् ।
यसैगरी होश्राङ्दी घर भई हाल कोरिया बस्दै आउनुभएकी दीपाले गोठ निर्माणका लागि रु एक लाख ३० हजार उपलब्ध गराउनुभएको थियो भने स्थानीयवासी देवीप्रसाद सुवेदीले रु १० हजार खर्चेर विद्युत् जडानमा सहयोग गर्नुभएको अभियानकर्ता गुरुङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ