काठमाडौंको गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौंको गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु

शव शिक्षण अस्पताल महाराजगञ्जमा, अझै सनाखत हुन सकेन

  • शुक्रबार, अशोज २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

२६, असोज, काठमाडौं ।

काठमाडौंको गौशालामा यात्रुवाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । वर्ष अन्दाजी ४५ की महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब निरीक्षक (सई) रमेश कोइरालाले जानकारी दिएका छन् ।

हिजो २५ गते बिहीबार राति ८ बजेतिर उपत्यकामा संचालित संयुक्त यातायातको बा ३ ख ५२२५ नम्बरको यात्रुवाहक बसले सडकपेटी रहेकी ती महिलालाई ठक्कर दिएको थियो । दुर्घटना भएको थाहा पाउनेबित्तिकै वृत्तका प्रहरीको टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि सिनामंगलस्थित काठमाडौं मोडेल अस्पताल (केएमसी)मा पुर्याइएको थियो । तर उपचारका क्रममा ती महिलाको मृत्यु भएको सई कोइरालाले जानकारी दिए ।

मृतकको शवलाई अहिले टिचिङ हस्पिटल (शिक्षण अस्पताल) महाराजगन्जमा राखिएको छ । मृतकको सनाखत अझै भइनसकेको प्रहरीले जनाएको छ । मृतकको पक्षबाट अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको सई कोइरालाले जानकारी दिएका छन् । हालसम्म मृतकले यसअघि आफूलाई ओखलढुंगा घर भएको बताउने गरिएको सम्मन थाहा हुन भएको बुझिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

मृतक पशुपति, गौशाला क्षेत्रमा विगत २/३ वर्षयता आफूलाई माता भन्दै सडक र मन्दिर परिसरमा घुमिहिड्ने गरिएको उनलाई देख्ने पसलेहरुको भनाई छ । ठक्करबाट मृतकको दायाँ खुट्टाको तीघ्रा भाँचिएको छ भने अनुहार र टाउकोमा गहिरो चोट लागेको छ (हेर्नुस् तस्बीर) । मृतकको शरीरमा रातो रंगको साडी र पहेँलो–रातो रंगको बुट्टे चोली लगाइएको छ ।

ठक्कर दिने बस र बस चालक उदयपुर जिल्ला कटारी नगरपालिका–६ का अमरबहादुर कटवाललाई गौशाला प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गौशालाबाट एयरपोर्टतर्फ गइरहेको उक्त बसले प्रहरी वृत्त कार्यालयदेखि करिब १ सय मिटर एयरपोर्टतर्फको ओरालो सडक छेउमा ठक्कर दिएको थियो । ठक्करबाट सडकपेटीमा रहेको एउटा सोलर बत्तिको पोल समेत भाँचिएर सडकपेटीमा ढलेको छ । बसको अगाडिको भागमा क्षति पुगेको छ ।

तस्बीर सौजन्यः प्रहरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ