नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य

नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य

  • शुक्रबार, अशोज २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, असोज २६ ।
मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत एसियाली समूह ‘बी’को अन्तिम खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ ।

समूहका पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा चिरपरिचत प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार मध्यान्ह सवा १२ बजे सुरु हुनेछ ।

यो खेल दुबै टोलीका लागि फाईनलसरह बनेको छ । दुबै टोलीले यसअघिका सबै ५ खेल जितेकाले आजको विजेताले उपाधि उचाल्नेछ । अन्तिम खेलअघि नेपाल र सिंगापुर दुबै टोलीको समान १० अंक छ । नेट रनरेटमा भने नेपाल अगाडि छ ।

मलेसियामा जारी प्रतियोगिताबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोटमा स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । यहाँबाट छानिने ३ टोलीले एसियाली छनोटको दोस्रो चरणमा अर्को समूहबाट आउने टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यहाँबाट छानिने टोलीहरुले विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । १४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टि–२०विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ