कास्की, असोज २६ ।
कास्कीमा पौडीको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्ने उद्देश्यले ८ वर्षदेखि हुँदै आएको २.५ किलोमिटरको ओपन वाटर पौडी शुक्रबार हुने भएको छ ।
फेवातालस्थित तालबाराहीमा हुने प्रतियोगितामा ओलम्पियन खेलाडी शिरीष गुरुङसहित प्रतिस्पर्धामा रहने छन । विदेशी खेलाडीको पनि सहभागिता रहने कास्की जिल्ला पौडी संघले जनाएको छ ।
प्रतियोगिताको पुरुष विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार तथा महिला विजेताले १५, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन ।
कास्कीका खेलाडीका लागि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । पहिलोले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline