२६ असोज, काठमाडौं ।
सिन्धुलीको रिठ्ठेभिरमा यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने ६ जना घाईते भएका छन् ।
मरिनबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ९१२ नम्बरको बस आज बिहान पौने ११ बजे सुनकोसि ५ रिठ्ठेभिरमा दुर्घटनामा परेको हो ।
काठमाण्डौबाट जाँदै गरेको मोटरसाईकल र विपरित दिशाबाट आउदैँ गरेको अर्को बसलाई जोगाउन खोज्दा बस भिरबाट नदिमा खसेको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यलय सिन्धुलीका ईनिस्पेक्टर रविन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६ जना घाईतेको उद्धार गरि काठमाण्डौ पठाईएको छ । भने एक जनाको सकुशल नै उद्धार गरिएको छ ।मृतकको सनाखत भएको छैन ।
बासुकि यातायातको उक्त बसमा ८ जना यात्रु सवार रहेकोमा कन्ट्रक्टर भने शकुसल रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline