२२ घण्टापछि खुल्यो बुटवल–नारायणगढ सडक खण्ड, सवारी आवागमन सुरु

२२ घण्टापछि खुल्यो बुटवल–नारायणगढ सडक खण्ड, सवारी आवागमन सुरु

  • शुक्रबार, अशोज २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

२६ असोज, नवलपरासी ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड २२ घण्टापछि सन्चालनमा आएको छ ।

पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।

नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

बिहिबा अपरान्ह ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । हिजो एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलाइएको थापाले बताउनु भयो ।

दाउन्नेमा सयौं ठाउंमा सडक भत्किएर ठूलाठूला खाडल हुंदा सवारी साधनहरु नियमित जसो घण्टौं जाममा पर्ने गरेका छन् ।

सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेका यात्रुहरु घण्टौं जाममा परेका थिए । प्रहरी उपरीक्षक थापाले सडक सञ्चालनमा आएकाले विस्तारै जाम हट्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी