नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पूजाआराधना गरिँदै

नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पूजाआराधना गरिँदै

  • शुक्रबार, अशोज २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, असोज २६ ।
आज नवरात्रको तेस्रो दिन, घर तथा शक्तिपीठहरुमा चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पूजाआराधना गरिँदै छ ।

देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रसिद्ध छिन् । शास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ ।

दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

चन्द्रघण्टा अनेक प्रकारको रत्न जडित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहने गर्द्छिन् । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नास हुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ ।

चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ