सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा नेकपाका नेता वामदेव गौतमलाई सासद बनाउन पार्टीका सासद रामवीर मानन्धरलाई राजीनामा गराएर उपचुनाव गर्ने तयारी सरकारले गरेको विरोध भईरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहालले गौतमले हार्ने गरी उपनिर्वाचन नगर्ने दावी गर्नु भएको छ ।
पाथीभारा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले काठमाण्र्डौ ७ मा पार्टीको सिट गुम्ने गरी निर्वाचन नहुने दावी गरे ।
बर्दिया एक बाट हारेका गौतमलाई सासद बनाउन राज्यले करोडौ खर्च गरेर उपचुनाव गर्ने भनिए पछि यसको चर्को विरोध हुदै आएको छ ।
दाहालले गौतमले चुनाव लड्ने नलड्ने अन्तिम निर्णय भईनसकेको पनि दावी गरे ।
कार्यक्रममा काँग्रेस नेता डा शेखर कोईरालाले दुई तिहाईको सरकार भएर पनि सुसासन दिन नसकेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline