सरकारी वकिलको कार्यालय समेत भ्रस्टाचारको  अखडा , पाँच लाख घुस सहित सहन्याधिबकता पक्राउ 

सरकारी वकिलको कार्यालय समेत भ्रस्टाचारको  अखडा , पाँच लाख घुस सहित सहन्याधिबकता पक्राउ 

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

पोखरा । घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो।

बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र त्यसको प्रमुख अतिथी थिए, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे। उनै घिमिरेले सुशासन कायम गर्न कर्मचारीहरूले भ्रष्टाचार गर्न नहुने बताउँदै गर्दा सह न्यायाधिवक्ता ठुलो रकम सहित पक्राउ परेका हुन्।

अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए।

कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा अख्तियारको टोली पुग्दा थापा रकम सहित पक्राउ परेका हुन् । कार्यालय समय सुरु हुनुभन्दा अगाडि नै कार्यालय गएपछि थापालाई अख्तियारले पछ्याएको थियो। थापा अहिले अख्तियारको नियन्त्रणमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ