नेकपाका केन्द्रीय सदस्य खडकालाई सर्वोच्च ल्याइपुर्याइयो

नेकपाका केन्द्रीय सदस्य खडकालाई सर्वोच्च ल्याइपुर्याइयो

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

२४ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई सर्वोच्च अदालतमा ल्याइपुर्याइएको छ ।

मकवानपुर प्रहरी हिरासत राखिएका खडकालाई केही समयअघि मात्र ल्याइपुर्याइएको हो । असोज १५ गते नै सर्वोच्चले अदालमा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि बाटोको म्यादबाहेक ३ दिनभित्र बन्दी खडकालाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन सरकारलाई न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आदेश दिएको थियो ।

सरकारले १० दिनपछि बल्ल आज सर्वोच्चमा बहसका लागि उपस्थित गराएको हो । सल्याननिवासी नेता खडकालाई सरकारले बिनाकारण झुठा आरोपमा रिगफ्तार गरी गैरकानूनी रुपमा थुनामा राखेको भन्दै दुर्गाप्रसाद जैसीले उनको थुनामुक्त गर्न माग राखेर असोज १४ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

खडकालाई यही असोज ४ रुपन्देही जिल्ला अदालतले धरौटी लिई रिहा गर्न आदेश दिएपनि लगत्तै खड्कालाई प्रहरीले पुनः गिरफ्तार गरी असोज १० गते मकवानपुर पुर्याएको थियो । मकवानपुरमा प्रहरीले खडकालाई आगजनी गरेर ‘संगठित अपराध’ गरेको कसुरमा मुद्दा चलाइएको छ ।

पार्टी कामको सिलसिलामा सार्वजनिक यातायात चढेर काठमाडौं आउँदै गर्दा गत भदौ ५ गते बेलुका धादिङको नौबिसेबाट सादा पोशाकका डेढ दर्जन सीआईबी प्रहरीको टोलीले गिरफ्तार गरेको थियो । त्यसपछि ७ गते बुटवल लगिएको थियो । त्यहाँ ‘बम विष्फोट’को मुद्दा चलाइएको थियो ।

गिरफ्तारपछि झण्डै १५ घण्टा बेपत्ता बनाई चरम रुपमा शारीरिक र मानसिक यातना दिई भोलिपल्ट ६ गते महानगरीय प्रहरी परिसर टेकुबाट सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ