नेपालले चीनलाई सजिलै हरायो

नेपालले चीनलाई सजिलै हरायो

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको पाचौं खेलमा नेपालले चीनमाथि १० विकेटको जित निकालेको छ। चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ आभेरमा बिना विकेटको क्षति २९ रन बनाइ पूरा गर्‍यो ।

 

नेपालको जितका लागि विनोद भण्डारीले २४ रन बनाए भने प्रदीप ऐरीले ४ बनाए ।  नेपाललाई दोस्रो ओभरमै जित दिलाउने क्रममा विनोद भण्डारीले २४ रन बनाउन ८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे । ४ रनका लागि प्रदीपले ३ बलको सामना गरे ।

मलेसिया क्वालालम्पुरको बायुमास ओभलमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि चीनले पहिला ब्याटिङ गरेको थियो। चीनले नेपालविरुद्ध १३ ओभरमा अल आउट हुँदै २६ रन बनाएको थियो। चीनविरुद्धको खेलमा पनि नेपालका स्पीनरहरु नै हाबी भए। सन्दीप लामिछाने, वसन्त रेग्मीले र ललितनारायण राजवंशीले ३-३ विकेट लिए।

चीनका लागि ओपनर यानले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालले प्रतियोगिताका यस अघिका ४ खेलमा सहज  निकालेको थियो ।

नेपालले अब सिंगापुरलाइ पराजित गरे समूह बिजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ