बझाङमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुकाे पहिचान खुल्याे

बझाङमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुकाे पहिचान खुल्याे

  • मङ्लबार, अशोज २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

गणेश विक/ बझाङ, असोज २३ ।

बझाङमा भक्तजनहरु बाेकेकाे जीप दुर्घटनामा परेकाे छ । बाग्थलाबाट बुङ्गलकाे बिजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बुङ्गल नगरपालिका- ५ मिणीबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षिया विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी – ५ का ५६ वर्षिय धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ । यसैबीच जीप दुर्घटनामा अन्य १२ जना घाईते भएका छन् । अन्य घाइते हुनेहरुमा कञ्चनपुर बेदकोट नगरपालिका बस्ने ३० वर्षिय मुडु बोहरा, ३५ वर्षिय प्रेम बोहरा, १० वर्षिया कविता बोहरा, १२ वर्षिया माया बोहरा, ४३ वर्षिया लालमती बोहरा रहेका छन् । यस्तै सोही ठाउँका चन्द्र सिंह बोहरा, विरेन्द्र बोहरा, बुङ्गल- ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुङ्गल- ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप दुर्घटनामा चालक केदारस्युँ गाउँपालिका ४२ वर्षिय रण बहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाईतेहरुको उपचार नजिकै रहेको देउरा स्वास्थ्य चौकीमा भइरहेकाे छ । बुङ्गलमा रहेकाे पुजाआजा भइरहेकाे हुँदा उनीहरु त्यसतर्फ हिँडेकाे जीप दुर्घटनामा परेकाे बताइएकाे छ । दुर्घघटनाकाे कारण खुल्न सकेकाे छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ