विश्वकप टी–२० क्रिकेट छनोट: नेपालद्वारा भुटान पराजित

विश्वकप टी–२० क्रिकेट छनोट: नेपालद्वारा भुटान पराजित

  • मङ्लबार, अशोज २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं । मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ ।बाङ्गीमा आज भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको विशाल अन्तरमा हराएको हो ।

खेलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १७ औं ओभरमा अलआउट हुनुपूर्व ३३ रन मात्रै जोड्न सक्यो ।

भुटानको ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए ।

यसैगरी बसन्त रेग्मीले २ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र सरद भेषवाकरले १–१ विकेट हात पारे ।

भुटानका तेन्जिन वाङ्चुकले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान प्रदिप ऐरीले अविजित ७५ रन जोड्दा अनिल साहले २७ रनको योगदान दिए ।

जितसँगै नेपालले समुहका ४ खेलबाट ८ अंक जोडेको छ । समान ८ अंक जोडेको सिंगापुर रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनोटका लागि छानिनेछन् ।

प्रतियोगितामा नेपालले अहिलेसम्म आयोजक मलेसिया, म्यानमार, थाईल्याण्ड र भुटानलाई पराजित गरिसकेको छ । नेपालले अब सिंगापुर र चीनसँग खेल्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ