योङ रेड फोर्स चितवनको जिल्ला भेला सम्पन्न

योङ रेड फोर्स चितवनको जिल्ला भेला सम्पन्न

  • सोमवार, अशोज २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

चितवन । नेपाल कम्युनिस्ट पार्टीै निकट योङ रेड फोर्स चितवनको जिल्ला भेला सम्पन्न भएकाे छ। भेलाले किरणको नेतृत्वमा २१ सदस्यीय  समिति चयन गरेको छ ।
भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि योङ रेड फोर्स नेपालका महासचिव पाटनले सरकारले युवाहरूलाई खाडीमा पठाएर डलर पचाउन पल्केको बताउनु भयाे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला ईन्चार्ज लाल बहादुर बिसीले ट्याक्सको नाउँमा दलाल संसदीय व्यवस्थाको सरकारले जनतालाई दास र नोकर बनाउने दुस्साहस गरे त्यसको प्रतिरोध जनताले गर्ने चेतावनी दिनुभयाे ।

यसैगरी चितवन जिल्ला सेक्रेटरी धु्रुवले पनि स्वागत गर्दै यो देशको रक्षा अब युवाहरूको हातमा आएको भन्दै सहिदको सपना र जनताको भरोसा पूरा गर्न पनि युवाहरुलाई आह्वान गर्नुभयाे ।

योङ्ग रेड फोर्स नेपाल चितवनका संयोजक  किरणले जनताकाे अधिकारका लागि हटेर हैन अब डटेर लडने प्रतिबद्वता जनाउदै भन्नुभयाे, भासन र कासन हैन अब जनतालाई परिणाम चाहिएको छ ।

उहाँले देशद्रोही भ्रष्टाचारि दलाल भुमाफिया र समाजिक दलाल हरुको सफाया गर्न अब तयार रहन आग्रह गर्नु भयो राष्ट्रिय स्वाधीनता र जनताको हकाधिकारको लागि कुनै पनि परिस्थिति मा पछि नहट्ने र एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजवाद स्थापना गर्नको लागि योङ्ग रेड फोर्स बलिदान दिन पनी पछि नहट्ने प्रतिबद्ध ब्याक्त गर्नु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ