प्रदेश नं. ३ को राजधानीका लागि पाँच जिल्लाको नाम सिफारिस

प्रदेश नं. ३ को राजधानीका लागि पाँच जिल्लाको नाम सिफारिस

  • सोमवार, अशोज २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

प्रतिवेद तयार भएको तीन महिनापछि प्रदेश-३ को स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सोमबार प्रदेशसभामा प्रतिवेदन पेश गरेको छ। समितिले पाँच जिल्ला राजधानीका लागि उपयुक्त रहेको सिफारिस गर्दै प्रतिवदेन पेश गरेको हो।

प्रदेशसभामा प्रतिवेदन पेश गर्दै समितिका सभापति दिपक निरौलाले समितिको सर्बसम्मत निर्णयबाट प्रतिवेदन तयार पारिएको बताए। ‘प्रदेश तीनको सबै क्षेत्रको सम्भाव्यता अध्ययन गरेर हामीले प्रतिवेदन तयार पारेका छौं’, उनले भने, ‘दलगत भावनाबाट माथि उठेर सर्बसम्मतरुपमा प्रतिवेदन तयार पारिएकाले राजधानी टुङ्गो लगाउन यसले महत्वपूर्ण सहयोग गर्नेमा  हामी विश्वस्त छौं।’

गत असार २६ गते विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई स्थायी राजधानीका लागि उपयुक्त हुने समितिको प्रतिवेदनमा उल्लेख छ। दुई तिहाई प्रदेशसभा सदस्यले स्थायी राजधानी र नाम टुङ्गो लगाउनसक्ने संवैधानिक व्यवस्था छ। तीन नम्बर प्रदेशसभामा एकसय नौ जना प्रदेशसभा सदस्य रहेका छन्।

राजधानीको विषयले प्रदेशसभामा प्रवेश पाएपछि स्थायी राजधानीबारे चर्चा सुरु भएको छ। काभ्रे र भक्तपुरमध्ये एक स्थानमा मात्र सहमति गरी दुई तिहाई पुर्‍याउन सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै चलखेल सुरु भएको हो ‘दुई तिहाई पुर्‍याउनका लागि तीब्र लविङ भइरहेको छ, एक प्रदेशसभा सदस्यले भने, ‘तर हेटौडामै राजधानी राख्न दुई तिहाई पुर्‍याउन नदिनका लागि पनि लविङ भइरहेको छ।’ दसैं र तिहारको बीचमा बस्ने प्रदेशसभा बैठकमा यसलबारे थप छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ