विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)कन्चनपुरको अध्यक्षमा नरेन्द्र भाट चयन हुनुभएको छ । १५ औं जिल्ला सम्मेलनले भाटको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
उपाध्यक्ष शारदा शर्मा,सचिव ललित क.प.,सह—सचिव दिपक अवस्थि,कोषाध्यक्ष टेकेन्द्र पाठक निर्वाचित भएका छन् । शंकर महराको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि पार्टी महाकाली व्युरो ईन्चार्ज राप्ती,अतिथिहरु विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई,पार्टी महाकाली ब्यूरो सदस्य पुकार, कन्चनपुर जिल्ला ईन्चार्ज अग्नि,सेक्रेटरी परिवर्तन लगायतका पार्टी र संगठनका नेताहरु रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राप्तीले विद्यार्थीहरुले शैक्षिक क्षेत्रमा देखिएका विकृति,दलालीकरण,माफीयाकरण र निजिकरणको अन्त्य गर्दै सर्वसुलभ तरीकाले शिक्षामा आम जनताको पहुँच पुर्याउने विषयमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले बैज्ञानिक समाजवादी शिक्षा प्रणाली सहितको राज्य सत्ता निर्माणका लागि अन्तिम आन्दोलनको तयारीमा लाग्न अपिल गर्नु भयो ।
