निर्मला पन्त हत्या प्रकरणबारे के छ छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

निर्मला पन्त हत्या प्रकरणबारे के छ छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं ।  कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरिएकाे छ । गृह मन्त्रालयले आइतबार छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

१५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको ११ दिनपछि गृहमन्त्रालयले वेवसाइतमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो ।

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला साउन १० गते ११ बजे सोही नगरपालिका १८ भगतपुर निम्बुखेडास्थित साथी रोशनी बमको घरमा होमवर्क गर्न साइकल चढेर गएकी थिइन्। उनको शव ११ गते बिहान ९ बजे नजिकैको उखुबारीमा भेटिएको थियो।

निर्मला हत्या प्रकरणमा पीडित पक्ष, आफन्त र विभिन्न संघसंस्थाले अपराधि पहिचान गरी कारबाही गर्न माग गर्दै आन्दोलन चर्काएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। निर्मलाको शवको पोष्टमोर्टम महाकाली अञ्चल अस्पतालमा भएको हो।

रिपोर्टमा बलात्कारपछि हत्या भएको सार्वजनिक भएपछि साउन १२ र १३ गते हत्यारा पत्ता लगाई  दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। उनको दाहसंस्कार दोषीलाई कारबाही गर्ने सहमति भएपछि भदौ १४ गते गरिएको थियो।कञ्चनपुरको भिमदत्त नगरपालिका-२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2018/10/Corrected_final.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ