नयाँ नोट २९ गतेसम्म साट्न पाइने, अपाङ्ग र अशक्तले लाइन बस्न नपर्ने, पिउने पानीको समेत सुविधा

नयाँ नोट २९ गतेसम्म साट्न पाइने, अपाङ्ग र अशक्तले लाइन बस्न नपर्ने, पिउने पानीको समेत सुविधा

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

२१ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबार (आज)देखि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बैंकहरुमा बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंनिकट नयाँ नोट बजारमा पठाउने योजनाअन्तर्गत साट्ने व्यवस्था आजबाट थालिएको हो । एक जनाले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।

यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । नोट साट्नेहरुको लाइन बिहान ३ बजेबाटै बसेको पाइएको छ । राष्ट्र बैंकको बैंकिङ कार्यालयमा थापाथलीमा बिहान ३ बजदेखि नै सर्वसाधारण लाइनमा बसेका थिए ।

योवर्ष नयाँ नोट सटही विगत भन्दा सहज बनाएको राष्ट्र बैंकको दाबी छ । सर्वसाधारणले भने सास्ती पाइरहेको प्रतिक्रिया दिएका छन् । बैंकले व्यवस्थित लाइन बनाएको र पिउने पानी, अपांग, अशंक्त र जेष्ठ नागरिकलाई बस्ने स्थानको सुविधा मिलाएको जनाएको छ । अशंक्त र अपांगले लाइन बस्न नपर्ने समेत बैंकको दाबी छ ।

बैंकका अनुसार ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरको एक प्याकेट गरी एकजनाले जम्मा २७ हजार रुपैयाँसम्म सटही सुविधा राष्ट्र बैंकले दिएको छ ।

सर्वसाधारणले सटही सुविधा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा रहेको छ । राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ