एसियाली समूह बी को छनोटमा नेपालले आज थाईल्याण्डसँग खेल्दै

एसियाली समूह बी को छनोटमा नेपालले आज थाईल्याण्डसँग खेल्दै

  • आइतवार, अशोज २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, २१ असोज । मलेसियामा जारी आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसियाली समूह बी को छनोटमा नेपालले आज थाईल्याण्डसँग खेल्दैछ ।

तीन खेलबाट ५ अंकसहित समूहको शीर्ष स्थानमा रहेको थाईल्याण्ड विरुद्ध नेपालले सहज जित हात पार्ने अपेक्षा गरिएको छ ।

यो खेल जितेको खण्डमा नेपाल तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिनेछ ।

प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको नेपाल प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ ।

यसअघि हिजो भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित र्गयो ।

मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले खेलमा ४५ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा र्गयो ।

कप्तान पारस खड्काले ५२ रन बनाएको ईनिङ्समा उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे ।

यसअघि टस जितेर पहिले व्यटिङ गरेको मलेसियाले १९ दशलमव ३ ओभरमा अलआउट हुँदै सय रन मात्रै जोडेको थियो ।

मलेशियाको व्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए ।

४ ओभर बलिङ गरेका लामिछानेले २० रन दिँदै ५ विकेट लिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ