नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै घर फर्कियो

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै घर फर्कियो

  • शनिबार, अशोज २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौँ, २० असोज ।  डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ ।

आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्रता दिलाए । सोही गोल नै खेलको निर्णायक बन्यो । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न आजको खेल जित्नैपर्ने थियो ।

समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान रहेका थिए । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेञ्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी