हनुमन्ते खोलामा नवनिर्मित पुल सञ्चालन

हनुमन्ते खोलामा नवनिर्मित पुल सञ्चालन

  • शनिबार, अशोज २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, २० असोज।

भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ ।

हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि नगरपालिका–१ घलातेमा रु २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट रु १३ लाख ६६ हजार ४७७, भक्तपुर नगरपालिकाबाट रु एक लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताबाट सङ्कलित रु ५७ हजार २३३ उपलब्ध गराइएको थियो । उक्त पुलबाट मध्यपुरथिमि नगरपालिका तथा सूर्यविनायकका हजारौँ स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

पुल उद्घाटनका क्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले हनुमन्ते नदीको सफाइ अभियानसँगै विकासको गतिलाई सँगसँगै जाडेर लगिने बताउनुभयो । उहाँले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले कोटेश्वर–जडीबुुटीको जाम हटाउन हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढिसकेको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ