काठमाण्डौ।
मातृभाषा सम्बन्धी गोष्ठी प्रवासमा रहेर विभिन्न गतिविधि गर्दै आएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा एकदिने मातृभाषा शिक्षा सम्बन्धी एक दिने गोष्ठी हुने भएको छ ।
तामाङ बालबालिकाको शिक्षाको विकासका लागि समाजद्धारा सन्चालित शैक्षिक विकास कोष अन्तरगत कार्यक्रम हुन लागेको हो । राजधानीको चाबहिलमा आगामी कार्तिक १० गते हुने गोष्ठीमा तामाङ भाषाविद् तथा विज्ञहरुको उपस्थिति रहने जनाएको छ ।
तामाङ भाषाको उत्थान तथा विद्यालयस्तरमा मातृ भाषा शिक्षाको सम्भावना एवम् चुनौतीबारे छलफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तीर्थ थिङ तामाङले जानकारी दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline