विराटनगर, २० असोज ।
विराटनगरबाट काठमाण्डौ उडेको सौर्य एयरलाईन्सको विमान दुर्घटना हुनबाट बचेको छ ।
आज बिहान सवा १० बजे विराटनगर विमानस्थलबाट काठमाण्डौका लागि उडेको उक्त विमान सप्तकोशीको माथि पुगेपछि चराले पखेटामा ठोक्किएपछि पुन विराटनगर नै फर्काईएको थियो ।
उडिरहेको विमानमा चरा आएर पखेटामा ठोक्किएको थियो ।
उक्त विमानमा ३० जना यात्रु रहेका थिए । सप्तकोशी माथि पुगेपछि आकासमा विमानको पखेटामा चरा ठोक्किएपछि तत्काले विमानलाई फर्काएर विराटनगर विमानस्थलमा नै अवतरण गरिएको थियो ।

चरा ठोक्किएपछि फर्काएर विराटनगर विमानस्थलमा नै अवतरण गराईएको सौर्य एयरलाईन्सको विमान/तस्विरः मिर्मिरे अनलाईन
अहिले विमानको मर्मत पछि पुन काठमाण्डौ उड्ने तयारी गरिरहेको बिराटनगरबाट हाम्रा सहकर्मीले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline