कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती, प्रहरीमा पर्‍यो उजुरी

कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती, प्रहरीमा पर्‍यो उजुरी

  • शनिबार, अशोज २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

कञ्चनपुर । कञ्चनपुर भीनपा–५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाई लाई भगाएका छन् ।

मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर बेच्नका लागि लगेको बारे प्रष्ट नभएको परिवारले बताएका छन् ।

पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाउदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउछन् ।

हरिसकी आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् ।

उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ ।

उनी पनि घर आएकी थिईनन् मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’ दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् ।

पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी