कैलाली ।
योङ रेड फोर्स कैलालीको अध्यक्षमा रुपलाल दिवकर चयन हुनुभएको छ ।शुक्रवार सम्पन्न प्रथम जिल्ला सम्मेलनले दिवकरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट योङ रेड फोर्स कैलालीको युवाहरुको सम्मेलनले २१ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा विष्णु देवकोटा, सचिवमा महेन्द्र नेपाली, सहसचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा कमल चौधरी नवनिर्वाचित हुनुभएको छ ।
उद्घाटन सभा हुनुअघि सयौं युवाहरुको र्यालीले विभिन्न ठाउँ परिक्रमा गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै योङ रेड फोर्सका निवर्तमान केन्द्रीय कोषाध्यक्ष दिनेश विकले नेपाली हरेक आन्दोलनमा युवाहरुको ठूलो भुमिका भए पनि प्रतिक्रान्तिका कारण आन्दोलनमा योगदान गरेका युवाहरु विदेशिन बाध्य हुन परेको अवस्था रहेको ताउनुभयो ।

प्रमुख अतिथि समेत रहनु भएका दिनेशले सरकारले नेपाली स्वाभिमानी युवाहरुलाई दास बनाउन खोजेको भन्दै राष्ट्र र जनताको लागि र देशको राष्ट्रिय स्वाधिनताको लागि बलिदान गर्न तयार हुने बताउनु भयो ।

कार्यक्रमका विशेष अथिती नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज विवेक कुमालले सरकारले वार्ताको नाटक गरेर जनतालाई भ्रम पार्दै दमनलाई निरन्तारता दिएको बताउनु भयो । साथै उहाँले आफूहरुलाई झुक्काएर गर्ने वार्ता र दलालहरुको जालमा पार्टी जनतालाई धोका दिने गरि कुनै पनि हर्कत नहुने स्पस्ट पार्नु भयो । युवाहरु अब कैलालीमा हुने सबै खालका षड्यन्त्रका विरुद्ध लाग्न आह्वान समेत उहाँले गर्नु भयो ।

कार्यक्रममा जिल्ला सेक्रेटरी प्रकाश मल्लले बधाई मन्तव्य दिदै माओवादीको नाममा अकुत सम्पती कमाई माओवादी आन्दोलनलाई बेचेर खाने दलाल भ्रष्टहरुलाई नछोड्ने बताउनुभयो । साथै दलाल संसदीय व्यवस्थाका विरुद्ध लाग्न र जनताको सेवामा कटिबद्ध भएर लाग्न निर्देश दिनु भयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष लोक बहादुर मगर, अखिल नेपाल भुमिहिन सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी लगायतले बोल्नुभएको थियो ।

