चिनीको भाउ बढाउन चलखेलबारे सभामुखलाई आपूर्ति मन्त्री यादवले लेखे यस्तो चिठी

चिनीको भाउ बढाउन चलखेलबारे सभामुखलाई आपूर्ति मन्त्री यादवले लेखे यस्तो चिठी

  • शुक्रबार, अशोज १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

१९ असोज, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सभामुख कृष्णबहादुर महरालाई चिठी लेखेर चिनीको बजार बढाउनेबारे चलखेल भएको सम्बन्धमा छानबिन दोषी पत्ता लगाईदिन अनुरोध गरेका छन् ।

सार्वजनिक लेखा समितिले यही असोज १४ गते मन्त्रालयलाई पत्रचार गरेर १ अर्ब ६९ करोड रुपैयाँ मूल्य बराबरको चिनीको भाउ बढाउन चलखेल भएको र मन्त्रालयको बेरुजु पछ्र्यौटबारे स्पष्टिकरण मागेको थियो । सो पत्रबारे मन्त्री यादवले १५ गते मन्त्रालयका दुवै सचिव र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसहित राखेर बैठक राखे । बैठकमा सहभागी पात्रहरुबीच गरमागर्मी चलेको स्रोतले बतायो ।

बैठकमा भाउ बढाउन चलखेल ‘आरोप’बारे गम्भीर छलफल भएको र छलफलपछि चलखेलबारे निस्कर्ष निस्कन सकेन । नसकेपछि ‘आरोप’बारेतुरुन्त छानबिन गर्न र दोषी पत्ता लगाई कारवाही गर्न माग गर्ने निर्णय भएबमोजिम सभामुख महरालाई असोज १८ गते बिहीबार अनुरोधसहित चिठी लेखेका छन् ।

हेर्नुस् मन्त्री यादवले लेखेको चिठीः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ