मध्यरातमा प्रहरीलाई बुझाइएका ‘बलात्कारी’ बब्लु प्रहरीबाटै कसरी उम्किए ? आक्रोशित स्थानीयको कब्जामा गोट्टीखेल प्रहरी चौकी

मध्यरातमा प्रहरीलाई बुझाइएका ‘बलात्कारी’ बब्लु प्रहरीबाटै कसरी उम्किए ? आक्रोशित स्थानीयको कब्जामा गोट्टीखेल प्रहरी चौकी

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 62K
    SHARES

१८ असोज, ललितपुर ।

काठमाडौं उपत्यकामै एउटा पत्याउनै गाह्रो हुने घटना सुरक्षा निकायसँग जोडिएर भएको छ । पीडित र स्थानीयले मध्यरातमा रंगेहात कब्जामा लिई प्रहरीलाई बुझाएका ‘बलात्कारी’ उज्यालो भएपछिको समयमा भागेको भन्ने जवाफ प्रहरीले दिएपछि स्थानीयहरु क्रुद्ध बनेका छन् । प्रहरी चौकी नै स्थानीय जनप्रतिनिधिसहित सयौं स्थानीयले कब्जामा लिएका छन् ।

घटना गएराति अर्थात बुधबार मध्यरातको हो । ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नम्बर २ स्थित मानेटोलमा घिमिरे थरको १३ वर्षीया बालिका संकिता (नाम परितर्वन)लाई बलात्कार गर्ने बब्लू भन्ने बलात्कारी प्रहरी नियन्त्रणमा रहेकै अवस्थाबिचमा भागेपछि आक्रोशित सयौं संख्यामा जम्मा भएका स्थानीयले चौकी नै कब्जा लिएका छन् ।

चौकी घेरिरहेका स्थानीयका अनुसार उक्त बालिका एक्लै कोठामा सुतिरहेको बेला बुधबार रातको करिब १ बजे एक युवा झ्यालबाट पसेर बलात्कार गरेका थिए । बालिका चिच्याएपछि आमा आएर हेर्दा बलात्कार भइरहेको अवस्थामा फेला परेको र गुहार मागिन् । त्यहाँबाट भागेका बलात्कारीलाई तत्काल जम्मा स्थानीयले नग्न अवस्थामा समाते । त्यसपछि कुटपिट समेत गरियो । बलात्कारी भनिएका युवा त्यही क्षेत्रमा घर बनाउने मजदुरी गर्दै आइरहेका बब्लुकुमार माडी नामको १९ वर्षीय भारतीय नागरिक रहेको भन्ने पत्ता लाग्यो । घटनाबारे नजिकै गोट्टीखेलमा रहेको प्रहरी चौकीलाई तत्काल खबर गरे र प्रहरी टोली घटनास्थल आइपुग्यो । पीडित र स्थानीयले ती युवालाई कडा कारवाही माग गर्दै प्रहरीलाई बुझाए । त्यसरी बुझाउँदा रातको २ बजेको स्थानीयको भनाई छ ।

त्यसपछि प्रहरीले बिहीबार (आज) चौकीमा आउन भनेर युवालाई लिएर प्रहरी टोली चौकी फिर्ता भएको जानकारी उनीहरुले दिएका छन् । तर बलात्कारीलाई सार्वजनिक गरेर कडा कारवाही गर्न माग गर्दै चौकी पुगेका स्थानीयलाई उक्त गोट्टीखेल प्रहरीले बलात्कारी झ्यालबाट निस्केर भागेको जवाफ दिए । बब्लु आज बिहान १०ः३० बजेतिर झ्याल फोडेर भागेको जानकारी प्रहरीको भनाई उदृत गर्दै मिर्मिरे अनलाइनलाई एक स्थानीयले बताए । थुनुवा हत्कडी नलगाएको अवस्थामा रहेकोले भाग्न सफल भएको भनी प्रहरीले बताएको उनले जानकारी दिए ।

त्यसपछि स्थानीयको आक्रोशको मात्रा थेग्न नसक्नेगरी बढ्यो र चौकीमाथि नै आक्रमण गरे । आक्रमणबाट चौकीमा कार्यरत करिब एक दर्जनभन्दा प्रहरीहरु हतियार लिएर चौकी छाडे र ज्यान बचाउनुपर्ने स्थितिमा पुगे । त्यस क्षेत्र अहिले पनि अशान्त र सरकारविरुद्ध नाराबाजी नै चलिरहेको बताइन्छ । जम्मा भीडले बलात्कारीलाई प्रहरीले नै सुनियोजित तरिकाबाट भगाएको आरोप लगाएको छ । भगाउने प्रहरीमाथि कारवाही गर्न नाराबाजी गरिएको छ भने बलात्कारीलाई खोजी गरी कडा कारवाही गर्नुपर्ने उनीहरुले जारी राखेका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका बलात्कारी भागेपछि पीडित थप अन्यायमा परेको भन्दै सडक, बाटोमा टायर बालेर नाराबाजी गरेका छन् । सरकार र प्रहरी प्रशासनविरुद्ध चर्का नाराबाजी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ