कृत्रिम बादल

कृत्रिम बादल

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.7K
    SHARES

– ओमप्रकाश पुन

ए देशीविदेशी महाप्रभुहरु हो
तिमीले सोचेका थियौ
यो त जनयुद्धको भेलमा गड्किने बादल हो
यो त वर्षात्मा झरी वर्षाउने बादल हो
यो त पुस–माघमा सग्यो लगाउने बादल हो
यो त आकाशबाट चट्याङ पार्ने बादल हो

त्यसैले त हाम्राविरुद्ध बादलको वर्षा गराउन खोज्यौ
हामीमाथि चट्याङ पार्न खोज्यौ
हामीलाई हिउँदको चिसोले ठिङ्ग्य्राउन खोज्यौ
हामीलाई काली साउनको भेलले रोक्न खोज्यौ
हामीलाई मुसलधारे पानीले लुथ्रुक्कै भिजाउन खोज्यौ

तर, हामी कत्ति पनि भिजेनौं
हामी कत्ति पनि तर्सिएनौं
हामी कत्ति पनि हच्किएनौं
हामी कत्ति पनि चिसिएनौं

किनकि त्यो कृत्रिम बादल थियो
उसको गर्जन खोक्रो थियो
उसको वर्षा क्षणिक थियो

त्यसैले त हामी,
दावा नालझैं अघि बढ्यौं
पर्खालभित्र होस् वा बाहिर होस्
हामीले क्रान्तिको ज्वाला बालिरह्यौं
मुक्तिका गीत गाइरह्यौं
स्वतन्त्रताका नारा लगाइरह्यौं
तिम्रा हर यातनाका दस्तावेजहरुमा
निर्धक्क हस्ताक्षर गर्दै अघि बढ्यौं

जसबाट हार खाएर
आखिर तिम्रो कृत्रिम बादल
आफैं फाट्न बाध्य भयो
सत्यताको नीलो आकाशमा
आफैं हराउन बाध्य भयो

किनकि त्यो कृत्रिम बादल
समुन्द्रको ज्वारभाटाबाट उठेको थिएन
बरु त्यसबाट कुनैबेला हराएको थियो
न त त्यसमा वर्षा थियो
न त त्यसमा चट्याङ थियो
मात्र त्यसमा कृत्रिम हुस्सु थियो
त्यसलाई उठाउने पुरानो प्रविधि थियो
त्यसैले त उसले चट्याङ पार्न सकेन
त्यसैले त उसले पानी वर्षाउन सकेन
र,
अन्ततः ऊ सबै ठाउँबाट
लज्जित र भयभीत भएर फाट्यो
किनकि ऊ प्राणबिनाको
कृत्रिम बादल थियो

२०७५-०६-१७  (दरबार मार्ग प्रहरी हिरासत, काठमाडौं)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी