नेकपाका नेता राई र पुनको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस आज पनि रोकियो

नेकपाका नेता राई र पुनको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस आज पनि रोकियो

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

१८ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस आज पनि हुन सकेन । आवश्यक प्रक्रिया सबै पूरा भइसकेको भएपनि मुद्दा संख्याको चाप बढेकोले बेञ्च बस्न सकेन ।

आजको बहसको लागि पेसी डिभिजन बेञ्जमा तोकिएको थियो । न्यायाधीसहरु मिरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा बहस हुने सूचना बिहीबार सर्वोच्चले टाँस गरेपनि बहस शुरु नै हुन सकेन । आजलाई रोकिएको जानकारी दिइयो ।

पुन र राईलाई अदालतको आदेशमा छुटेपटि पनि गिरफ्तार गरी गैरकानूनी थुनामा राखेको भन्दै गौरा धामीले रिहाईको माग गर्दै यही असोज ९ गते रिट निवेदन दायर गरेकी थिइन् । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै जनालाई बाटोको म्यादबाहेक ३ दिन भित्र लिखित जवाफसहित उपस्थित गराउन मन्त्रिपरिषद्, गृहमन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरुको नाममा असोज ११ गते आदेश भएको थियो ।
सोही अनुसार बन्दी पुन र राईलाई दाङबाट गाडीमा मंगलबारनै सर्वोच्चमा ल्याइपुर्याइएको थियो । आज पनि उनीहरुलाई महानगरी प्रहरीको दरबार मार्ग वृत्तमा राखिने भएको छ ।

राईलाई संखुवासभा र पुनलाई बाँके जिल्ला अदालतले रिहा गरेलगत्तै गिरफ्तार गरी अर्को अभियोगमा दाङमा पुर्याइएको थियो । दाङमा दुवै जनालाई ‘विष्फोट’ र ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दा लगाइएको छ । अभियोगलाई भने उनीहरुले ठाडै अस्वीकार गर्दै आइरहेका छन् ।
राईलाई गत असार १६ गते दिउँसो सार्वजनिक कार्यक्रम गरिरहेको बेला बालाजु नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पस र पुनलाई असार १९ गते साँझ ६ बजे लाजिम्पाट काठमाडौंबाट बाटो हिँडिरहेको बेला गिरफतार गरिएको थियो । राई काठमाडौं, मोरङ र संखुवासभा र पुनलाई काठमाडौं, बर्दिया, कैलाली र बाँके घुमाइसकिएको छ ।

आफूलाई सरकारले राजनीतिक प्रतिशोधी भावना राखी झुठा मुद्दा लगाएर फसाउन ठूलो षडयन्त्र गरिरहेको बताउँदै बादल नेतृत्वको गृह प्रशासनले साहारा लिएको झुठा मुद्दा र दमनले नेकपाको राजनीतिक उचाई बढाएको प्रतिक्रिया दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी र उसको सिद्धान्त नेपाली जनताको मनमा बसिसकेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ