जग्गा दलालद्वारा ६० वर्षदेखि बस्दै आएका डोम परिवारको घरमा डोजर : १८ जनाको बिचल्ली

जग्गा दलालद्वारा ६० वर्षदेखि बस्दै आएका डोम परिवारको घरमा डोजर : १८ जनाको बिचल्ली

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जग्गा दलालले डोजर लगाएर घर भत्काइदिएपछी सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका दुई घर डोम परिवारका १८ जनाको बिचल्ली भएको छ । स्थानीय जग्गा दलाल भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको हो ।

शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३ असोजमा डोजर लगाएर घर भत्काएपछि आफूहरूको बिचल्ली भएको ६५ वर्षीय बिल्टु मरिकले बताए । घरका कुनै पनि सामान बाहिर निकाल्न नदिई भत्काइएको छ । ‘दुई पुस्तादेखि ऐलानी जग्गामा बनाएको झुपडीमा गुजारा गर्दै आएका थियौँ, अहिले अचानक डोजर लगाएर भत्काएपछि हाम्रो बस्ने ठाउँ भएन,’ उनले भने ।

बिल्टु मरिकका अनुसार सो जग्गामा दुई परिवार बसेर बाँकी स्थानीयले संरक्षण गरेका थिए । तर, शर्माले सो जग्गासँगै मरिक परिवारले चर्चेको एक कट्ठा पनि कब्जा गरेका छन् । त्यति मात्र नभई ती घरपछाडिको साबिक चन्द्रअयोध्यापुर गाविस–२ को कित्ता नं. ४०८ भएको एक कट्ठा ११ धुर जग्गा पनि शर्माले आफ्नो दाबी गरेका छन् ।

स्थानीय ५५ वर्षीया ललियादेवी मरिकले आफूहरूको घर भत्काइदिए पनि प्रहरीले उजुरी नलिएको गुनासो गरिन् । ‘घरबाहिर रहेको मौका छोप्दै डोजर चलाएर घर भत्काउनुका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन नष्ट गरिदिए,’ उनले भनिन्, ‘ओत लाग्ने झुपडी भत्काएपछि न्याय माग्दै प्रहरीमा उजुरी लिएर गयौँ, तर उजुरी नै दर्ता गर्न मानेनन् ।’

स्थानीय सञ्जय मरिकले घर भत्काउन डोजर चलाएको समयमा प्रहरी उपस्थित भए पनि मूकदर्शक बनेको गुनासो गरे । ‘प्रहरीकै अगाडि गुण्डागर्दी शैलीमा घर भत्काउँदासमेत हस्तक्षेप गरेन,’ उनले भने, ‘दुई–चार दिनको समय दिनुस्, सामाजिक छलफलले जे भन्छ, त्यही मान्छौँ भन्दा पनि सुनेनन् ।’
जग्गा आफ्नो भएको दाबी गर्दै आएका शर्माले शान्तिसुरक्षाको माग गरेकाले त्यसका लागि मात्र प्रहरी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले दाबी गरे ।

स्थानीय समाजसेवी तथा अगुवा रामनारायण यादवका अनुसार ०२४ सालतिर भारतबाट आएका शिवु महतोले जंगल रहेको सो ठाउँ फँडानी गरेर नापी गराई नौ कट्ठा र एक कट्ठा ११ धुर गरी दुई कित्ता जग्गाको लालपुर्जा बनाएका थिए । ‘पूर्व–पश्चिम सडक नबन्दै त्यस ठाउँमा गाईवस्तु पालेर बस्न थालेका महतोका आफन्त वेलावेलामा आउने–जाने गर्थे,’ यादवले भने, ‘झाडापखालाले महतोको निधन भएपछि गोठमा भएका गाईवस्तुसमेत हेर्ने कोही भएनन् ।’ नरहा गाउँपालिका–३ का वडाध्यक्ष अनिसुल मियाँले पूर्व–पश्चिम सडकसँग जोडिएको जग्गा महँगो हुँदै गएपछि जग्गादलालले डोम परिवारको घरमा डोजर चलाएको बताए ।

जग्गाधनी महतोको निधन भएपछि आफन्तको समेत ठेगान नभएकाले तत्कालीन गाउँ पञ्चायतले नौ धुर जग्गामा विद्यालय बनाउने र बाँकी एक कट्ठा ११ धुर जग्गामा प्रहरी चौकी बनाउने निर्णय गरेको यादवले सुनाए । ‘प्रहरी चौकी बनाउने जग्गा कम्तीमा चार कट्ठा क्षेत्रफल र सडकसँग जोडिएको ५० फिट मुख चाहिने भनिएपछि त्यो जगा त्यत्तिकै थियो,’ उनले भने । तर, ०६० सालतिर छिमेकी डण्डा टोलका सत्यनारायण सिंह विद्यालय सञ्चालक समिति अध्यक्ष भएपछि जग्गा दलालहरूले बद्मासी गरेको उनको भनाइ छ ।

-भरतराज शर्माले यसअघि १८ मंसिर ०७३ मा पनि डोमहरूको घर भत्काइदिएका थिए । तर, स्थानीयले प्रतिवाद गरेर फेरि पुनस्र्थापित गरेका थिए । स्रोत नयापत्रिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ