नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह रिहा, अन्य पाँच जनालाई फेरि गर्यो गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह रिहा, अन्य पाँच जनालाई फेरि गर्यो गिरफ्तार

  • बुधबार, अशोज १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

१७ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाह रिहा भएका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी बुधबार रिहा भएका हुन् । शाहसँगै योङ रेड फोर्स झापाका अध्यक्ष सेसेहाङ लिम्बू, कार्यकर्ताहरु दीपमान राई, डम्बर मगर र प्रेम चापागाईं रिहा भएका छन् ।

आजै उनीहरूसँगै रिहा भएका नेकपा झापा जिल्ला इन्चार्ज र सेक्रेटरी क्रमशः सौगात आचार्य, सुमनसिंह पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाका अध्यक्ष चमनलाल माझी, तारा थापालाई भने अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

गिरफ्तार सबैलाई मोरङ प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ । न्यायालयले थुनाबाट मुक्त गर्न आदेश दिएपछि पनि झुठा अभियोगमा पटकपटक गिरफ्तार गरेर दुःख दिएको भन्दै उनीहरु हिरासतभित्रै भोकहड्ताल शुरु गरेका छन् ।

केन्द्रीय शाहलाई गएको असार २८ गते सुनसरीको सुनकोशी गाउँपालिकाबाट गिरफ्तार गरिएको थियो । उनलाई विभिन्न अभियोगमा विभिन्न जिल्ला घुमाइएको थियो । शाह नेकपा निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ