Breaking: बबरमहलमा मोटरसाइकललाई कारले ठक्कर दियो, बाइक चालक अस्पताल लगियो, सडक अवरुद्ध अवस्थामा

Breaking: बबरमहलमा मोटरसाइकललाई कारले ठक्कर दियो, बाइक चालक अस्पताल लगियो, सडक अवरुद्ध अवस्थामा

  • बुधबार, अशोज १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

१७ असोज, काठमाडौं ।

राजधानीको बबरमहलमा निजी कारले एक मोटर साइकललाई ठक्कर दिएको छ । नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको कारले मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइतेको नाम खुल्न सकेको छैन ।

घाइतेको खुट्टा भाँचिएको एक प्रत्यक्षदर्शीले जानकारी दिए । दुर्घटना करिब २० मिनेट अघि भएको हो । कारलाई ट्राफिक प्रहरीले घेरा हालेर राखेको छ भने घाइते मोटर साइकल चालकलाई उपचारका लागि ट्याक्सीमा अस्पताल पठाइदिएका छन् । कारमा पनि क्षति पुगेको छ ।

कारको रंग सिल्भर भएको र मोटरसाइकल सडकमा पल्टिरहेको अवस्थामा रहेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । दुर्घटना बबरमहलस्थित रातो भालेअगाडिको मध्यसडकमा भएको हो । विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ