काठमाडौं, असोज १७ ।
नेपाल विद्युत प्राधिकरणले कलंकी– नागढुंगा सडक खण्डका केहि स्थानमा आज विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
उक्त सडक खण्डको ढुङगेअड्डा देखि तीनथाना बस स्टपसम्म लाइन सिफटिङ तथा व्यवस्थापन कार्यका लागि भन्दै स्यूचाटार सब स्टेसनबाट सञ्चालित बलम्बु फिडर बाट आपूर्ति हुने तीनथापा, नैकाप सतुंगल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
उक्त क्षेत्रमा विहान ९ बजे देखि साँझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणको सूचना अधिकारी लीलाकुमारी अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार तोकिएको समय भन्दा चाँडै काम सम्पन्न भएको अवस्थामा भने साँझ ५ बजे अगावै विद्युत सूचारु गर्न सकिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline