पोखरामा एक युवकको निर्मम हत्या

पोखरामा एक युवकको निर्मम हत्या

  • मङ्लबार, अशोज १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

१६ असोज, कास्की ।

पर्यटकीय नगरी पोखरामा एक युवकको निर्मम तरिकाले हत्या गरिएको छ ।

राजकुमार नाम मात्र खुलेको ती युवकको पोखरा महानगरपालिका वडा नम्बर ३, पालिखेचोकस्थित सडकछेउको छाप्रोमा हत्या भएको हो  (हेर्नुसु तस्बीर) ।

हत्या सोमबार राति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । मृतकको थर र ठेगाना भने खुलेको छैन । ती युवकलाई कालो रिटर्स र निलो जिन्स पाइन्टमा कम्मरमुनिको पेटीमुनि लत्रेको अवस्थामा मृत फेला परेको हो । टाउको र नाटबाट रगत बगेको देखिएको छ ।

टाउको र खुट्टामा हतियार प्रहारको गम्भीर चोट देखिएकोले युवकको हत्या भएको देखिएकोले सुक्ष्म रुपा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले छाप्रोमा मृत अवस्थामा देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समयमा सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताइरहेको बेला देशभर हत्या, बलात्कार र एसिड आक्रमणका घटना बढ्दै गएको छ ।

तस्बीरः ओम हमाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ