कार्की र धमलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो, रिहा हुने संभावना

कार्की र धमलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो, रिहा हुने संभावना

  • मङ्लबार, अशोज १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

१६ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य समेत रहेका नेताद्वय ‘संगठित अपराध’को अभियोगमा संखुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनीहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको माग राखेर धमलापुत्र चेतन शर्माले दायर गरेको रिटमाथि आज बहस भएको हो । इजलास नम्बर ९ मा न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस भएको थियो ।

रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चकै आदेश रिहा भएलगत्तै गिरफ्तारपछि बन्दीलाई थुनामुक्त गर्न मागसहित दायर रिट निवेदन यो पाँचौ हो ।

यसअघि उनीहरुलाई ‘आगजनी, संगठित अपराध, विष्फोट’ अभियोगमा काभ्रे, नुवाकोट, दाङ घुमाइसकेका छन् । सबैमा निर्दोष ठहर हुँदै रिहा हुँदै आएकोमा सर्वाच्च अदालतपरिसरबाटै रिहालगत्तै गिरफ्तार गर्दै आइरहेका छन् । दुई जनालँई गएको साउ १० गते काठमाडौंको नागढुंगाबाट सीआईबीका सादा पोशाकका प्रहरीले टोलीले गिरफ्तार गरेको थियो ।

आजको बहसको आदेश आउन बाँकी रहेको रिट निवेदक शर्माले बताए । आजको आदेशपछि रिहा हुने सम्भावना रहेको बताइएको छ । यसअघि सर्वोच्चकै आदेशमा नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्यूरो सदस्य एवं जनप्रतिनिधि सभाका अध्यक्ष उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ